jQuery(document).ready(function($){ //
});

– किशाेर निराैला

रबिना र अमर दुवै जनाले भागी विवाह गरेका थिए । मोरङ बाट भागेर काठमाडौंमा भाडाको कोठामा बस्न थालेका थिए । दुवैको उमेर २०/२२ को हुँदो हो । बिहेको शुरुका २ बर्ष त जसोतसो चल्यो । उनीहरूको एउटी छोरी जन्मियो । काठमाडौँको महङ्गीले बसाई दुखपूर्ण हुन थाल्यो । अभाव र कमजोर आर्थिक अवस्थाले पनि रबिना र अमर बीच दिनहुँ जसो किचलो बढ्न थालेको थियो । रबिनाले माइतीको सहयोगमा श्रीमानलाई बैदेशिक रोजगारमा कतार पठाइन् । आफू छोरीको रेखदेख गरेर बसिन् । अमरले रबिनाको लागि कतारबाटै एउटा स्मार्ट फोन पठाइदिएको थियो । रबिनाले घरबेटीको छोरीसँग फेसबुक खोल्न र चलाउन सिकिन् ।

eHatiya

फेसबुक चलाउन थालेको केही महिना पछि उनको फेसबुकमा पनि साथीहरू धेरै हुन थाले । ती मध्ये अर्घाखाँची को केटो भुवनसँग पनि रबिनाको मित्रता भयो । फेसबुकमै भएको उनीहरूको दैनिक गफ र चिनजान फेसबुके मायाप्रीतिमा बदलिइरहेको थियो ।

आजकल यस्तै हुन्छ । कहिल्यै नदेखेको, नभेटेको मान्छेहरूबीच फेसबुकले भेट गराउँछ, परिचय गराउँछ र जोड्छ पनि । सायद फेसबुक आजकलको लमी हो कि ?! अर्काको घर बिगार्ने बैरी पो हो कि ?! यसको सदुपयोग गर्न सके परिवारका प्रियजनहरूलाई हरदिन जोड्ने पुल पो होला ! फेसबुक, मानवले मानवकैलागि निर्माण गरेको अत्याधुनिक संचार प्रविधियुक्त हतियार न हो । जसले यसलाई जसरी प्रयोग गर्लान् त्यस्तै प्रतिफल पाउलान् ! एका तर्फ हतियारले बनाउँछ, जोड्छ, निर्माण गर्छ, खुशी पनि दिन्छ । अर्को तर्फ बिगार्छ, छुट्याउँछ, भत्काउँछ, अथाह दु:ख र पीडा पनि निम्त्याउँछ !

मेसेन्जरमा रबिना र भुवनको दिनहुँ गफ हुन्थ्यो । दुवैको गहिरो माया प्रेम बस्यो । भुवनसँग रबिनाको भेट भएकै थिएन । रबिनाले भुवनको केही अर्धकदका तस्बिरहरु मात्र फेसबुकमा देखेकी थिइन् । भुवनको प्रेमले रबिनालाई तानिरहेको थियो । उनी अमरलाई छोड्ने निर्णयमा पुगिन् । अमरलाई आफ्नो फेसबुक मित्रबाट हटाइन् र निषेध गरिन् । उनले छोरीलाई माइतीको जिम्मा लगाएर हिँडिन् अर्घाखाँची , भुवनसँग बिहे गर्न ।

रबिना अर्घाखाँची पुगेर जब भुवनलाई उसकै घरमा भेटिन् तब उनी चकित भईन् । चकित दुई कुराले भएकी थिइन् । एउटा चकित पार्ने कुरा थियो, भुवनले रबिनासँगको गफमा बारम्बार आफूलाई “जमिनदारको छोरो हुँ ।” भनेको थियो तर ऊ एउटा फुसले छाएको झुपडीमा थियो । दोश्रो चकित पार्ने कुरो, रबिनाले भुवनलाई व्हिल चेयरमा देख्यो । भुवनले रबिनासँगको लामो प्रेमालापमा आफू दुवै खुट्टा नभएको अपाङ्ग हुँ भनेर कहिल्यै भनेन । उसका दुवै खुट्टाहरु घुँडा मुनि काटिएका थिए ।

यी चकित पार्ने कुराहरु देखेर रबिना बिचलित भईन् । उनी किंङ्कर्तव्यविमूढ भईन् । उनको आँखाभरि आँशु डबडबायो र दुवै गाला हुँदै गुड्किएर झर्न थाल्यो । यो देखेर भुवनले रबिनालाई सोध्यो, ” तिम्रो र मेरो यो पहिलो रोमाञ्चित भेटमै तिमी किन यति विधि बिस्मित र भएभित ? तिम्रा नयनहरू किन आँशुमा डुबे, रबिना ? म त कल्पनामा रमाईरहेको थिएँ, तिमीले मलाई देख्नासाथ अँगालोमा बाँध्छौ । तिमीले बारबार मलाई कतिखेर भेटुँ, अँगालो मारुँ र खुशी साटुँ भनेकी थियौ तर तिमी त मलाई देख्नासाथ रुन थाल्यौ, अँत्तालियौ !”

“तिमीले मलाई धोखा दियौ, भुवन । ढाँटेर , छलेर मलाई प्रेममा फसाउनु पर्छ ? जमिनदारको छोराको घर यस्तै हुन्छ ? दुवै खुट्टा नभएको कुरा तिमीले मलाई, किन, कहिल्यै भनेनौ ? तिमी छली रहेछौ भुवन ! म स्तब्ध छु !” रबिनाले अश्रुधारा झार्दै भनिन् ।

“रबिना, तिमीले पनि श्रीमानलाई छलेर मसँग प्रेम गरेकी रहिछ्यौ । मसँग प्रेम गर्दा कहिल्यै आफू विवाहित हुँ, भन्यौ ? ४ बर्षकी छोरी छ भन्यौ ? धोखा त तिमीले पनि विदेशमा भएको आफ्नो श्रीमानलाई दियौ, नि ! तिमी पनि त छली हौ ! हामी दुवै धोखेवाज र छली, हौँ ! म पनि यो उमेर सम्म एउटी केटी नपाएर अविवाहित बसेको, मान्छे हुँ ! मेरो पनि मन छ , आफ्नै विवशता र स्वार्थ छ । मैले तिमीलाई नढाँटेको भए, सत्य बोलेको भए तिमीले कसरी मलाई प्रेम गर्थ्यौ, मसँग बिहे गर्न कसरी तयार हुन्थ्यौ ? तिमीलाई सत्य भनुँ ? प्रेम गर्दै मलाई छोड्नेहरू आधा दर्जन पुगिसके । जब मैले सत्य बताएँ अन्तिममा ती सबैले मलाई गुहु छोडे झैँ छोडे । मैले साँचो प्रेम गरेको थिएँ । जब मैले आफ्नो शारीरिक अवस्था र आर्थिक अवस्था बताएँ, मेरा कुनै पनि प्रेमीकाहरू मसँग बिहे गर्न तयार भएनन् । हार खाएर, मैले तिमीलाई चैँ झुठ बोलेकै हुँ । आफ्नो शारीरिक अपाङ्गता गोप्य राखेकै हुँ । आफू जमिनदारको छोरो हुँ, भनेकै हुँ । यदि शुरुमै तिमीले आफू विवाहित र एउटी छोरीकी आमा हुँ भनेकी भए, मैले पनि त तिमीलाई प्रेम गर्थिनँ ।”

भुवन एकछि मौन रहे र फेरि बोले-
“तिम्रो र मेरो विवाह हुने पक्का भएर तिमी अर्घाखाँची हिँडेपछि तिम्री घरपेटीकी छोरी बिन्दुले मलाई तिम्रो बारे सबै कुरा बताएकी थिइन् । उनकी बाआमा मेरै पूर्व छिमेकी हुन् । माओवादी द्वन्द्वकालमा उनीहरू दाङको सबै सम्पत्ति बेचेर काठमाडौँमा घर किनेर बस्न थालेका हुन् । तिमी मलाई दोषी र छली ठान्छौ । म तिमीलाई । अब भन तिम्रो र मेरो प्रेममा दोष र छल कस्को ? के प्रेम भन्ने कुरा धनाढ्य, जमिनदार र साङ्गहरूले मात्र गर्छन् ? गरिब र अपाङ्गले गर्ने प्रेम अभिशाप, अपूर्ण, असम्भव, अनैतिक वा पाप हो ? तिमी मलाई प्रेम गर्छ्यौ या मेरो धनदौलत, सुन्दर रूप, बलिष्ठ र साङ्ग शरीरलाई ? तिमी मेरो मन र भावनालाई प्रेम गर्न सक्दिनौ ? सक्छौ भने तिमी किन मेरो अपाङ्ग शरीर, मेरो झुप्रो घर देखेर रुन्छ्यौ ? जमिनदारकै छोरा नभएपनि, झुप्रो घर र अपाङ्ग शरीर भएपनि पढेलेखेकोको छु । शिक्षक हुँ । स्थायी जागिरे हुँ । महिनाको ३०-३५ हजार कमाउँछु । तिमीलाई खुशी बनाएर राख्न सक्दिन थेँ, होला र ? मेरो मनमा पनि गहिरो पीडा छ । म जन्मजात अपाङ्ग हैन । म सानै छँदा गाडिको दुर्घटनामा मैले मेरो बा र आफ्ना दुवै खुट्टा गुमाएँ । मेरा दुवै खुट्टा सिटमा च्यापिएर धुजा भएका थिए र खुट्टा काटेर , डाक्टरहरूले मलाई बचाएका थिए तर त्यसपछि मैले आफ्नो बालाई कहिल्यै देख्न पाइनँ । आमाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO