jQuery(document).ready(function($){ //
});

यज्ञनिधि मनरूपा बराल स्मृति प्रतिष्ठानद्वारा जेष्ठ नागरिक नि:शुल्क दन्त शिविर सम्पन्न गरेको छ।

मिति २०८० असार १८ गते सोमबारका दिन यस यज्ञनिधि मनरूपा बराल स्मृति प्रतिष्ठानद्वारा अध्यक्ष श्री धनपति बरालको अध्यक्षता मा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको वित्तीय सहयोग, दमक नगरपालिका र ३ नं. वडा कार्यालयको दमकको समन्वय तथा स्माइल टेन्टल केयर सेन्टर दमकको प्राविधिक सहयोगमा जेष्ठ नागरिक निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन सम्पन्न गरेको हो। ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त्त कार्यक्रममा दमक वडा नम्बर ३ का वडा अध्यक्ष नबिन बरालको प्रमुख अतिथ्यता रहेको थियो भने खड्‌गप्रसाद गौतम, देवीप्रसाद काफ्ले, चन्द्रकला ढकाल, हिमालय प्रसाद दहाल र नारदमुनी घिमिरे अतिथि रहनु भएको थियो।

आयोजित शिविरको प्राविधिक प्रसिक्षण डा नविनित कुमार झा र डा पारस पाण्डेले गर्नु भएको थियो भने कार्यक्रम संचालन नरेन्द्र बरालले गर्नु भएको थियो।

यहि असार २१ गते यस्तै शिविर दमक ८ स्थित जेष्ठ नागरिक संघको भवनमा आयोजना हुन लागेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय