jQuery(document).ready(function($){ //
});
।।मोनित महर्जन।।झापा।।


गौरादह न पा वडा न ८ बस्दै आएका भुवन घिमिरेले आफ्नो बुवा बेपत्ताको प्रमाणीकरणको लागि आबस्यक वडा सिफारिश लिनको लागि गरिएको प्रक्रियामा आवश्यक सबै प्रक्रिया पुरागरी सर्जमिन सम्म गराई र सो सर्जमिन सबै ठिक मानि आधिकारिक सहि छाप भैसकेर पानि आफुले शिफारिस भने नपाएकोले समस्यामा परेको आफ्नो समस्या पोखेका छन्। जसले गर्दा आफुलाई सामाजिक र मानसिक अप्ठ्याराहरु भोग्नु परिरहेको उनले बताए।
भुवन घिमिरे गौरादह नगर पालिका वडा न ८ (पुरानो ९) जन्मिएका हुन। उनका भनाई अनुसार उनि सोहि वडा न ८ मा पर्ने जुरोपानी गाउमा जन्मी सोहि ठाउँ हुर्किएको उनि बताउदछन। जुन कुरा घिमिरेको नागरिकता प्रमाण पत्रले पनि पुष्टि गर्दछ। झापा जिल्ला जुरोपानी तत्कालिन वडा न ९ ठेगाना सहित नागरिकता प्रमाण पत्र पाएका छन्। शाखा अधिकृत लालानाथ घिमिरेले सो नागरिकता प्रमाणित गरेका थिए २०६३/७/१ गते।

नागरिकतामा घिमिरेका बुवाको नाम ऋषि प्रसाद घिमिरे उल्लेख गरिएको छ। घिमिरेकै अनुसार उनि जन्मिएको साल २०४२ बाट उनका बुवा ऋषि प्रसाद घिमिरे सम्पर्क बिहिन छन्। अहिलेको समय सम्म पनि आफु र आफ्नो परिवारका कसैलाई पनि केहि जानकारी र सम्पर्क नभएको उनले बताएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

भुवन घिमिरे जागिरको सिलसिलामा आफ्नो गृह जिल्ला भन्दा बाहिर रहेकाछन। जागिरकै कारण र अरु कामको लागि बुवा बेपत्ताको कानुनि रुपमा प्रमाणित गर्न आवश्यक वडा शिफारिशको लागि प्रक्रिया गर्दा, सोका लागि नीति नियमको माग अनुसार गाउ समाज सबैमा वडाका प्रतिनिधिबाट सर्जमिन गराइएको र गाउ समाजले घिमिरेका बुवा बेपत्ता हुन् भनि साक्षी सहि छाप गरेको उनि बताउछन। वडाको तर्फबाट पनि सो सर्जमिनलाई प्रमाणित गरिसकेको उनको भनाइ छ। सर्जमिनको प्रक्रिया सकेर आधिकारिक सहि छाप सम्म भैसकेर शिफारिश दिने समय बिना कारण आफुले पाउन पर्ने शिफारिश नपाएकोमा आफु अन्यायमा परेको दुख ब्यक्त गरे।

घिमिरेकै भनाइ मान्ने हो भने, सर्जमिनालाई आधिकारिक मानिसकेर शिफारिश नदिनु पर्ने खाश कारण केहि देखिदैन र यहि जिज्ञासा दमक अनलाइनको तर्फबाट भुवन घिमिरेसँग नै राख्दा, उनले बताए अनुसार घिमिरेको पारिवारीक समझदारीको अवस्था राम्रो नरहेको त्यहि कारण परिवार भित्र मनमुटाव रहेको स्वीकारेका छन् तर पनि सो शिफारिश आफ्नो अधिकार रहेको र पारिवारिक मनमुटावले गर्दा आफन्तबाटै यस प्रक्रियालाई प्रभावित बनाइएको आफुलाई पुर्ण विश्वास भएको बताए। यद्यपि यस कुरालाई पुष्टि गर्न भुवन घिमिरेसंग आफ्नो मौखिक भनाई बाहेक अरु ठोश आधार नरहेको देखिन्छ।

दमक अन्लाइनले यस सम्बन्धि जानकारी लिन सम्बन्धित वडा अध्यक्षसंग जिज्ञासा राख्दा अध्यक्ष गणेश कुमार राजबंशीले घिमिरेको माग अनुसार नियम संगत प्रक्रिया पुरा गरे पनि आफुलाई अन्तिम अबस्थामा सो सर्जमिनमा परिवारको कुनै पनि सदस्यले भुवनका बुवा बेपत्ता हो भनि पुष्टि नगरेको हुनाले थप अनुसन्धानका लागि आफुले शिफारिस दिन रोकेको बताएका छन्। त्यसमा पनि घिमिरेका आमा या कोहि उनका नातेदारबाट पुष्टि नहुदा उनले आफ्नो आमा प्रति अन्यायपूर्ण काम गर्दैछन कि भन्ने आशंका पनि जताए। आफुले यस सम्बन्धमा गाउ समाजसंग बुझ्ने क्रममा घिमिरेले यस अघि आफ्नी आमालाई दुख दिने काम गरेको भन्ने बुझ्न आएकोले पनि आफुले मानवताको नाताले पनि यस्तो निर्णय लिएको बताए।

भुवन घिमिरेको अंश हक मामिलामा केहि वर्षदेखि आफ्नै आमासंग पनि अंश मुद्दा चलिरहेको छ। यहि कारण पनि मुद्दा फिर्ता लिन दवाब स्वरुप आफूमाथि यस्तो अन्यायपुर्ण कार्य भैरहेको भुवनको ठम्याई छ।

अध्यक्ष राजबंशीले मेयरसंग गरिएको भनिएको छलफलको वास्तविकता बुझ्न गौरादहका मेयर छत्रपति सुबेदिसंग फोन सम्पर्क गर्दा अध्यक्ष राजबंशीकै भनाई अनुरुप, त्यस्तै कारणले सिफारिस दिन नमिल्ने दमक अनलाईनलाई बताए। मेयर सुबेदीका अनुसार घिमिरेको आमा या अन्य नातेदारहरु मध्ये कोहिले बेपत्ताको पुष्टि गरिदिदा भने अरु समस्या नभएको पनि बताए।

घिमिरेले भने यस कुराको खण्डन गर्दै आफ्नो आमासंग अंश मुद्दाको कारण सम्बन्ध राम्रो नरहेकोले आफ्नो पक्षमा केहि नगर्ने हुँदा सो कुरा सम्भब नरहेको बताउछन्। तर उनको आमाले कठ्माण्डौ जिल्ला अदालत समक्ष आफ्नो पति बेपत्ता र खोजि दिनभनि सहि छाप गरेर दिएको लिखित निबेदन प्रमाण रहेको र यहि प्रमाणलाई आधार मानेर पनि आफुले शिफारिस पाउनु पर्ने घिमिरेको दाबी छ । यस बिषयमा भुवनले गरेको थप व्याख्या अनुसार कठमाण्डौ जील्ला अदालतमा गरिएको निबेदन पश्च्यात झापा जिल्ला अदालतलाई तामेल गरेर झापा जिल्लाले गरेको सर्जमिन र खोजतलास पछि ऋषि प्रसाद घिमिरे बेपत्ता प्रमाणित गरि सोको सुचना गौरादह वडा न ८ को सुचना पाटीमा टाँस गरिएको थियो तर पनि सम्बन्धित वडा अध्यक्षले गैर जिम्मेवारी पुर्ण र कानुनको अवहेलना गरेकोमा आफ्नो घोर आपत्ति जनाए। एस्तो भेदभावपूर्ण अनि अमानविय कार्य गर्ने व्यक्तिले मानवताको हवाला दिएर व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागि आफ्नो पदको दुरुपयोग र मर्यादा बिपरित काम गरेको भन्दै भुवनले निकै आक्रोस पनि ब्यक्त गरे।

मनिस बेपत्ता सम्बन्धमा कानुनले के भन्छ ? ( मुलुकी देवानी संहिता २०७४ अनुसार)

दफा ४० मा उल्लेख गरिए अनुसार (मृत्यु भएको मानिने:)शिर्षकको दफा,उपदफाहरु यस प्रकार रहेका छन ।
दफा १. कुनै ब्यक्ती बिना सुचना लगातार बाह्र बर्षदेखी बेपत्ता भएमा वा त्यस्तो ब्यक्तिको सम्बन्धमा स्वभाविक रुपमा जनाकारी पाउने ब्यक्तिले बाह्र बर्षदेखी कुनै जानकारी नपाएमा त्यस्तो ब्यक्ती जिवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्त्यो ब्यक्तिको मृत्यु भएको मानिनेछ ।
तर देहायको अवस्थामा देहायको अवधी समाप्त भएपछी त्यस्तो ब्यक्तिको मृत्यु भएको मानिनेछ:-
(१) असी बर्ष उमेर पुरा भएको ब्यक्ती भए पाँच बर्ष,
(२) युद्दस्थलमा खतिएका सैनिक भए युद्द समाप्त भएको मितिले चार बर्ष,
(३) दुर्घटना भएको वायुयान, पानी जहाज व अन्य सवारी साधनमा यात्रा गरेको ब्यक्ती भए त्यसरि दुर्घटना भएको मितिले तीन बर्ष ।

(२) उपदफा (१) को प्रतिबन्धात्मक ब्याक्यांशको खण्ड (३) मा जुन्सुकै कुरा लेखिएको भएपनी कुनै ब्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को ब्यक्ती जिवित रहेको प्रमाण प्राप्त भएमा त्यस्तो ब्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ ।
(३) कुनै दुर्घटनामा परी एकैसाथ एकभन्दा बढी ब्यक्तिको मृत्यु भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यसरि मृत्यु हुने प्रत्यक ब्यक्तिको एकैसाथ मृत्यु भएको मानिनेछ ।
तर कुनै खास प्रायोजन्को लागि त्यसरि भएको दुर्घटनामा कुन ब्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न निरुपण गर्नु पर्ने भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन ब्यक्तिको उमेर बढी रहेको छ सोही ब्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।
(४) कुनै ब्यक्ती बिना सुचना बेपत्ता भएको वा कुनै बिपद वा दुर्घटनामा परेकोले निजको मृत्युको सम्बन्धमा न्यायिक घोषणा गरी पाउँ भनेर त्यस्तो ब्यक्ती बेपत्ता भएको वा मृत्यु भएको मिति, ठेगान, कारण र आधार सहित खुलाई सरोकारवालाले निबेदन दिएमा अदालतले सबुत प्रमाण बुझी त्यस्तो ब्यक्तिको सम्बन्धमा मृत्युको न्यायिक घोषणाको आदेश गर्न सक्नेछ ।
(५) उपदफा (४) बमोजिम मृत घोषित भिसकेको ब्यक्ती जिवित रुपमा फर्की अघी भएको न्यायिक घोषणा बदर गरी पाउँ भनेए निज आफैले वा निजको मृत्यु भएको मिती न्यायिक घोषणा भएको मिती भन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाउँ भनेए निजको हकदारले निबेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपदफा (४) बमोजिम गरेको न्ययिक धोषणाको आदेश संशोधन वा बदर गर्नेछ ।
तर,
(१) कुनै जिवित पत्निले त्यस्तो घोषणा पछी अर्को बिबाह गरेको रहेछ भने घोषित ब्यक्तिसँगको वैबाहिक सम्बन्ध पुन: स्थापित हुन सक्नेछैन ।
(२) मृत घोषित ब्यक्तिको कानुन बमोजिमको अधिकारमा कुनै प्रतिकुल असार पर्ने छैन ।
(३) मृत्यु भएको नयाँँ मिती कायम भएको कारणबाट पहिलेको न्यायिक घोषणाबाट भैसकेको काममा प्रतिकुल असर पर्ने छैन ।
(४) खण्ड (३) बमोजिम भएको काम कार्वाहिबाट कुनै ब्यक्तिको कानुन बमोजिम प्राप्त हक हित वा सरोकारमा कुनै असर पर्ने छैन ।
(१) कुनै जिवित पत्निले त्यस्तो घोषणा पछी अर्को बिबाह गरेको रहेछ भने घोषित ब्यक्तिसँगको वैबाहिक सम्बन्ध पुन: स्थापित हुन सक्नेछैन ।
(२) मृत घोषित ब्यक्तिको कानुन बमोजिमको अधिकारमा कुनै प्रतिकुल असार पर्ने छैन ।
(३) मृत्यु भएको नयाँँ मिती कायम भएको कारणबाट पहिलेको न्यायिक घोषणाबाट भैसकेको काममा प्रतिकुल असर पर्ने छैन ।
(४) खण्ड (३) बमोजिम भएको काम कार्वाहिबाट कुनै ब्यक्तिको कानुन बमोजिम प्राप्त हक हित वा सरोकारमा कुनै असर पर्ने छैन ।

कानुनी सहजकर्ता: अधिवक्ता सुरेश कुमार पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय