jQuery(document).ready(function($){ //
});

सामान्यतया मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने रासायनिक पदार्थलाई लागु पदार्थ भनिन्छ ।यसले मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने गर्दछ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
मुख्य गरेर लागु पदार्थहरूलाई दुई भागमा बिभाजन गरिएको छ ।
प्राकृतिक लागु पदार्थः- प्राकृतिक रुपमा उम्रने वा मानिसद्धारा उत्पादित पदार्थहरू जस्तै– गाजा, चरेस, भाङ्ग, धतुरो, अफिम, रक्सी, आदिलाई प्राकृतिक लागु पदार्थ भनिन्छ ।
औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि।
बिश्वलाई लागू औषध को असर र कारोबार बाट मुक्त गराउन हरेक बर्ष जून 26 तारिख लाई अन्तरास्ट्रिय लागू पदार्थ तथा अबैध तस्करी बिरुद्द को दिवसको रुपमा मनाइन्छ।यस बर्ष यो दिवस को नारा “The evidence is clear: Invest in prevention” रहेको छ।अहिले बिश्वमा लागू पदार्थ दुर्ब्यसनी हरुको संख्या दिनानुदिन बढिरहेको र त्यही अनुपातमा कारोबारीहरुको संख्या पनि उल्लेख्य रुपमा बढेको बेला “प्रमाण प्रष्ट छ ,रोकथाममा लगानी गर” भन्ने नारा साच्चिकै सान्दर्भिक देखिन्छ।
अभिलेख अनुसार १५ देखि २४ बर्षका ३३% भन्दा बढी युबा हरु लागूऔषधमा निर्भर भई जीवन बिताइरहेका छन् । नेपालको सन्दर्भमा करिब १ लाख ३० हजार ब्यक्तिहरु कडा लागू औषध प्रयोग कर्ता छन जस मध्ये ७% महिलाहरु रहेका छन।यो संख्या प्रतिबर्ष ११.३६% का दरले बढीरहेको छ।धेरैजसो लागूऔषध प्रयोगको सुरुवात विद्यालय वा क्याम्पसबाट हुने गर्दछ । ६ देखि १० कक्षाका ४१.९ प्रतिशतले विद्यार्थी र ३४.२ प्रतिशत एसएलसी सर्टिफिकेट लेवलदेखि लागूऔषध प्रयोग शुरु गरेको देखिन्छ।
युबा हरु मुख्यतया निम्न कारण हरुले लागू औषध दुर्ब्यशन मा फस्ने गरेको पाइन्छ।
१.पारिबारिक कारण
२. साथी संगत का कारण
३.सास्कृतिक तथा सामाजिक कारण
४.हिंसा र दुर्व्यवहार
५.बेरोजगारी समस्या
लागुपदार्थ दुर्ब्यशनका कारण अल्पकालीन वा दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छ ।मुुटुरोग, एचआइभी, हेपाटाइटिस बी लगायत रोगको खतरा रहन्छ। मानसिक रूपमा कमजोर बनाउँछ । प्रयोगकर्ताहरू कानुनी तथा आपराधिक झमेलामा फस्न सक्छन्।
लागू पदार्थ दुर्ब्यशनी हरुले सामान्यतया यस्ता लक्षण हरु देखाउछन :-
o स्वभाव, आनीबानीमा परिवर्तन आउँदै जानु, जस्तैः प्रसन्न र चलाख मानिस एकाएक खिन्न र सुस्त हुनु ।
o साना–साना कुरामा झर्कनु वा रिसाउनु
o जिब्रो लरखराउनु, मुख र शरीरबाट दुर्गन्ध आउनु,
o पढ्नमा मन नलाग्नु, स्कुलमा अनियमित हुनु,
o मानसिक स्थिति ठिक नभएको व्यक्ति जस्तो जताततै बरालिएर हिँड्नु
o स्त्री भएमा देह व्यापारमा संलग्न हुनु,
o सरसफाइमा ध्यान दिन छाड्नु,
o खानेकुरामा रुचि हराउनु र बढी पानी पिउन थाल्नु,
o औषधिका चक्की, झोल औषधी, इन्जेक्सनको सुई धूलो औषधी, चुरोटको झिलमिले कागज आदि वस्तुहरू खल्ती वा कोठामा फेला पर्नु आदि ।
o आँखा रातो देखिनु, बोली लर्बरिनु र लठ्ठ देखिनु
o अचानक स्वभाव, बोल्ने भाषा, पहिरनमा परिवर्तन आउनु
o बिनाकारण झगडा गर्नु र परिवारबाट टाढा रहन खोज्नु
o सधैं नयाँ बहाना बनाएर चाहिनेभन्दा बढी पैसा माग्नु
समाधानका उपायहरु:-
‌युवाहरु लाई कुलतबाट टाढा राख्नका लागि सबैभन्दा पहिले उनीहरूमा यस विरुद्ध सचेतना जगाउन जरुरी छ । उनीहरूलाई लागू पदार्थको सामाजिक र मानसिक असरका विषयमा जानकारी दिनुपर्छ ।
‌परिवारले किशोर–किशोरीलाई निगरानी गर्नुपर्छ । आफ्नो कुरा मात्रै सुनाउनेभन्दा पनि उनीहरूका समस्या सुन्ने र समाधानका उपाय निकाल्ने प्रयत्न गर्नुपर्छ ।
‌कुलतमा फसेका व्यक्तिका सवालमा यसबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्छ र प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ जस्तै:-आफ्ना लागि महत्वपूर्ण कुराहरू के–के छन्, जस्तोः परिवार, करिअर, तपाईंको स्वास्थ्य,
‌लागू औषध प्रयोग गर्दा जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा आर्थिक र सामाजिक रूपमा के कस्ता फाइदा हुन्छन् भनेर सोच्ने गर्नुपर्छ। ।
‌आफ्नो घर, कार्यालय वा आफू गइरहने स्थानबाट ड्रग्स वा त्यसको स्मरण गराउने वस्तुहरू हटाउने। यसलाई बिर्संदै जाने र अन्य कुरामा रमाउने।
अन्त्यमा, बिद्यालय ,कलेजमा अध्ययनरत किशोर ,किशोरी र युबा हरुलाइ लागू पदार्थ दुर्ब्यसन तथा ओसार पसार र यस्बाट ब्यक्ती अनि समाजमा पर्ने असर हरुबारे सचेतना फैलाउन सके मात्र यो दिवस ले सार्थकता पाउने र सुसस्कृत समाज निर्माण गर्न सहयोग पुग्ने देखिन्छ। ( स्रोत:- बिभिन्न वेबसाइटहरु)
बासुदेब काफ्ले, उप प्राध्यापक, दमक बहुमुखी क्याम्पस / अनुशासन संयोजक, जीवन चक्र समाज, नेपाल

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय