jQuery(document).ready(function($){ //
});

झापाको बिर्तामोड नगरपालिका ले निषेधाज्ञाको समयमा सर्वसाधारण को सहजताका लागि ४ वटा अटो रिक्सा सञ्चालनमा ल्याएको छ ।
दैनिक २ वटाको दरले सञ्चालन हुने गरी ‘अटो रिक्सा’ विहान ६ बजेदेखि राति ९ बजेसम्म जिल्ला ट्राफिक कार्यालयमा सेवाको लागि तयारी अवस्थामा रखिनेछ । यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको फोन ०२३–५३०२९९ वा ९८५२६८२२९९मा सम्पर्क गर्नुपर्ने छ । अटो रिक्सा चालकहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका ले उनीहरुलाई पिपिइसमेत उपलव्ध गराएको छ ।
निषेधाज्ञाको समयमा कोरोना भाइरस तथा कुनै पनि कारणले आकस्मिक विरामी परेमा हस्पिटलसम्म पुर्याउनका लागि यातायातको अभाव हुन नदिन नगरपालिकाले अटो रिक्सा भाडामा लिएर सञ्चालन मा ल्याएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय