jQuery(document).ready(function($){ //
});

झापामा चलिरहेको निषेधाज्ञालाई जेठ १ गतेबाट कडाइ गरिने भएको छ ।

जिल्ला समन्वय समिति झापाले संयोजन गरेको भर्चुअल सम्वादमा बुधबार आफ्नो धारणा राख्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निषेधाज्ञालाई अझ थप प्रभावकारी बनाउने बताए छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियात्मक कार्यक्रममा प्रजिअ तिमिल्सिनाले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अबको निषेधाज्ञालाई कठोरताका साथ कडाई गरिने जानकारी दिए ।

जिल्लाका उच्च सुरक्षा अधिकारी, चिकित्सक, राजनीतिक दल, जनप्रतिनिधि सबैबाट निषेधाज्ञा खुकुलो भएको र प्रभावकारीता कम देखिएको प्रतिक्रिया आइरहेकोतर्फ प्रशासनको ध्यानाकर्षण भएको बताउँदै तिमिल्सिनाले जेठ १ गतेबाट हालको निषेधाज्ञालाई थप परिमार्जन गर्दै आवतजावतलाई निरुत्साहन गरिने बताए ।

जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोेर्तलले जिल्लामा अत्यावश्यक वस्तु खरिदको नाममा भिडभाड बढ्दै गएको र अनावश्यक सवारी साधनसमेत सञ्चालनमा आइरहेकोतर्फ प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए ।

झापामा १९ गतेबाट जारी गरिएको आंशिक निषेधाज्ञालाई २४ गते बुधबारबाट पूर्णरुपमा लागु गरिएको थियो । हाल जारी रहेको निषेधाज्ञा वैशाख ३१ गतेराति १२ बजे सकिदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय