पशुपति आर्यघाटमा कोभिड–१९ सङ्क्रमित भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले शव दाहसंस्कारमा संलग्न हुनेलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ दिने निर्णय गरेका हुन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री ढकालले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।
यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहसंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।






