jQuery(document).ready(function($){ //
});

महेन्द्रनगर । बैतडीमा दुई जना लागु औषध चरेस सहित पक्राउ परेका छन् । सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले २ जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । मोटरसाइकलमा सवार उनीहरुबाट ७ सय ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सुप प्र४००१ प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला शनिवार प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो । बरामद गरिएको चरेस, मोटरसाइकल र दुवै जना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।

निषेधाज्ञाको समयमा उनीहरु कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय