सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट लिगका लागि ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भएका छन् ।
सिपिएलले मंगलबार सन्दीपले ट्रिनबागोबाट लिग खेल्ने जानकारी दिएको हो । लगातार चौथो सिजन सिपिएल खेल्न लागेका सन्दीपले चार फरक-फरक टिमबाट लिग खेल्ने छन् ।
६ टोलीको सहभागिता रहने लिग अगस्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एन्ड नेभिसमा हुनेछ ।






