आज पनि शेयर बजार नेप्से १६ दशमलव ९६ अंकले घटेको छ । घट्दो क्रममा रहेको शेयर बजार आज पनि १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३।१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार आज २१९ कम्पनीको ७८ हजार ९८३ पटक कारोबार भएर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल र हाइड्रोपावर बाहेक सबै उपसमूहका सूचक घटेका छन् ।






