jQuery(document).ready(function($){ //
});

काठमाडौं । नेपालको जेभियर इन्टरनेसनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको सहप्राचार्य दिपेन दाहालले बताए ।

कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरी सो अवार्ड प्राप्त भएको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताए ।

तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षामा सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । साथै, युनिभसिटी अफ क्यामब्रिजको ‘ए’ लेबलमा २००९ र २०१९ मा विश्वको टप रिजल्ट निकाल्न सफल भएकाे जानकारी कलेजका सहप्राचार्य दिपेन दाहालले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय