jQuery(document).ready(function($){ //
});

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन्। आइतबार अपराह्न ४ बजे बस्ने गरी अध्यक्ष ओलीलेस्थायी कमिटी बैठक बोलाएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

कार्यदलस्तरमा जारी पार्टी एकताको प्रयास सफल नहुँदै ओलीले आइतबार अपराह्न स्थायी कमिटी बैठक डाकेका हुन्। आइतबारको बैठकमा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा ९बादल०सहितका नेताहरु पनि सहभागी हुने जनाइएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

एमाले एकता कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ। कार्यदलले आज बिहानै सहमतिको सन्देश दिने बताए पनि अहिलेसम्म कार्यदल सहमतिमा पुग्न सकेको छैन। कार्यदलका सदस्यहरुले आजै नेपालपक्षसहितको स्थायी कमिटी बैठक बस्ने जानकारी गराएका थिए। तर, ओलीले पूर्वमाओवादीका नेताहरुसहितको बैठक बोलाएपछि सहमतिको सम्भावना तत्काललाई टरेको आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय