jQuery(document).ready(function($){ //
});

पेट्रोलियम पदार्थको मृल्यवृद्धिविरुद्ध आन्दोलित ५ विद्यार्थी संगठनलाई नेपाल आयल निगमले वार्तामा बोलाएको छ। ५ विद्यार्थी संगठनलाई सोमबार (असार २८ गते) दिउँसो १ बजे छलफलका लागि बोलाइएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।

निगमले नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (एमालेको माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेललाई वार्ताका लागि बोलाएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

निगमले पछिल्लो पटक असार २२ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको थियो।

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले आन्दोलन घोषणा गरेका थिए। विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै असार २४ गते निगमलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय