jQuery(document).ready(function($){ //
});

दमक, ७ साउन । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ ।

बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको उनले बताए ।

ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले तोडफोड गरेको बताए ।

‘हामी २०७५ जेठ २ गतेको अध्यक्षले बोलाएको बैठकमा जान्छौ, एक पक्षीय भेलामा जाँदैनौं,’ उनले भने,‘ पद बाँडफाँडको विषयमा उहाँहरु भित्र विवाद थियो ।’ ओली समूहका एक स्थानीय नेताका अनुसार संयोजक गौतमले आफू निकटलाई मात्रै कमिटीमा राख्न खोजेपछि असन्तुष्ट समूहले तोडफोड गरेको बताए । संयोजक गौतमले तोडफोडको विषयमा छानविन भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय