jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।। अपाङ्गहरुलाई सहजरुपमा दैनिक जिवनको काम कार्य गर्नका लागि आज विराटनगरमा ह्वील चियर वितरण गरिएको छ ।
सामर्थ समाज नेपाल र समन्वयद्वारा आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका विषयक अन्तरक्रिया तथा सहायक सामाग्री वितरण कार्यक्रममा विराटनगर–१२ देखि १८ नं वडासम्मका दक्षिण भेगका १३ जनालाई उक्त्त समाग्री वितरण गरिएको थियो ।विराटनगर बिराटनगर महानगरपालिका मियर प्रमुख भीम पराजुली ले समाग्री वितरण गर्दै नगरले सबै सार्वजनिक भवन निर्माणका लागि घरनक्सा पासका लागि अनिवार्य रुपमा ‘अपाङ्ग मैत्री’ हुनुपर्ने नीति बनाएको जानकारी दिए । उनले महानगरले करुणा फाउण्डेशनको सहयोगमा अपाङगहरुलाई स्वरोजगार बनाउन विऊ पूँजी, शीपमूलक तालीम लगायतका कार्य गरिरहेको समेत बताए ।
सामर्थ समाजका अध्यक्ष चेतनाथ पोखरेल र राष्ट्रिय अपाङग महासङ्घ प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ लगायतले अपाङग व्यक्तिहरुलाई सहज जीवन जीउनका लागि जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय