jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा शुरुवात गरेका हुन् ।

उद्घाटन पश्चात उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुनेछ । विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) समेत तयार पारिसकेको छ ।

सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।

मोबाइल बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट) र अन्तर बैंकिङबाट विद्युतीय भुक्तानी गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय