jQuery(document).ready(function($){ //
});

दमक, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री भएको भन्ने प्रमुख प्रतिपक्षी एमालेको टिप्पणी गलत भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधसभा बैठकमा बधाई दिने सांसदहरुलाई धन्यवाद दिने क्रममा देउवाले प्रतिपक्षी एमालेको टिप्पणी जनाएका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनले आफू संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री भएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति प्रश्न गरे,’ संविधानमा धारा ७६ (५) को प्रावधान किन लेखेको ? यसमा प्रष्ट हनुपर्ने तपाईं आफैँ अपव्याख्या गर्ने ?’

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो’ ।

प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नेता नभए पनि उपनेताले आफ्ना कुरा राखेको तर प्रधानमन्त्रीले दिने जवाफ नसुनी बाहिरिएको भन्दै दुखेसो पोखे । बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए।

नेम्वाङले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको आफूले सम्झिरहेको देउवाको भनाइ थियो। उनले आफूहरुले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको पनि स्पष्ट पारे।

‘ह्वीप लगाएको होइन, भोट हाल भनेको हो’, उनले भने, ‘अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यको हस्ताक्षर पेश गरेको व्यक्तिलाई संसदबाट विश्वासको मत लिन आह्वान गर्नुपर्नेमा नगरेको र हस्ताक्षर सनाखत समेत नगरी निवेदन खारेज गरेकाले अदालत जानुपरेको उनको भनाइ थियो । देउवाले आफू संवैधानिक रूपमै प्रधानमन्त्री बनेको दाबी गरे ।

प्रधानमन्त्री देउवाले आफूले वाचा गरेको कुरा पुरा गरेरै छाड्ने बताए । ‘ऋण-सापटी लिएर भए पनि नेपाली नागरिकलाई कोभिडविरुद्धको खोप लगाउँछौँ’, उनले भने, ‘सरकारको प्रथामिकता नै नेपाली जनतालाई कोरोना खोप लगाउने छ।’

उनले सरकारको प्राथमिकता नै कोरोनाविरुद्धको खोप भएको दोहोर्‍याए। ‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप ल्याउने अभियानमै छौँ’, उनले भने, ‘जतिसुकै महँगो मूल्यमा भए पनि नेपाली जनतालाई खोप लगाउने प्रयास गर्छौँ।’

यसै गरी सबैको सुझावलाई आफूले मनन गरेर अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले सबैको समर्थन प्राप्त भएकाले सबैलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय