बदमक, ९ साउन । र्दियाको गेरुवा गाउँपालिका-६ का दुई जना बालबालिका कर्णाली नदीमा नुहाउन जाँदा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक रहेका छन् । उनीहरु कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको छ ।






