jQuery(document).ready(function($){ //
});

दमक, ९ साउन । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

भनिन्छ कि यस्ता चीज घरमा छैनन् भने कहिले पनि ईश्वरको कृपा प्राप्त हुँदैन । यस्तोमा घरमा धन सम्पत्तिको कमी आउँछ । हिन्दु धर्मअनुसार ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

तुलसी

घरमा तुलसीको बिरुवा हुनु जरुरी छ । शास्त्रमा तुलसीलाई धेरै पवित्र मानिन्छ । भनिनछ कि बिहान बिहानै तुलसीमा पानी चढाउनाले भगवान विष्णुबाट विशेष कृपा मिल्छ । यसको साथै घरमा धन-धान्य को कुनै कमी हुँदैन ।

 मन्दिर, शंख र घण्टी

प्रत्येक घरमा मन्दिर हुनु जरुरी छ र मन्दिरमा पनि शंख अवश्य राख्नुहोला । पूजा गर्दा शंखमा जल भरेर राख्नुस् र पूजापछि त्यो जललाई घरमा सबैतिर छर्किनुहोस् । यसो गर्नाले तपाईंलाई माता लक्ष्मीको विशेष कृपा मिल्नेछ ।

घरमा घण्टी पनि राख्नुहोला । साँझमा बत्ती बालेपछि घण्टी अवश्य बजाउनुहोला । यसको आवाजबाट घरको हरेक कुनामा हुने नकरात्मकतामा कमी आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय