jQuery(document).ready(function($){ //
});

दमक, ११ साउन । डिम्याट खाता सञ्चालक (डीपी) का लागि चाँडै नै नयाँ सफ्टवेयर आउने भएको छ । यो सफ्टवेयर प्रयोगमा आएसँगै शेयर लगानीकर्ताहरू केवाईसी दर्ता गर्न विभिन्न बैंक तथा संस्थासम्म धाउनु नपर्ने र लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सजिलो हुने सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सफ्टवेयर डेभलप गर्न ११ कम्पनीले आवेदन दिएकामा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईसीओ प्रालि र रेडियन्ट इन्फोटेक नेपाल गरी तीन कम्पनी शर्टलिस्टमा परेका छन् । यी कम्पनीहरूको प्रस्ताव मूल्यांकन भइरहेको सीडीएससीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनुपर्ने छैन । साथै यसले लगानीकर्ताको विवरण केन्द्रीकरण गर्न पनि सहयोग गर्छ,’ सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘लगानीकर्ताको विवरण सहजै संकलन गर्न हामीलाई पनि सहज हुन्छ ।’

केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी सफ्टवेयरमै प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुने सीडीएससीले जनाएकाे छ ।

लगानीकर्ताको बैंकमा खाता, कारोबार, कारोबारको स्रोत, ब्रोकर कम्पनी लगायतका विवरणहरू प्राप्त गर्न पनि सहज हुनेछ । त्यस्तै केवाईसीको आधारमा लगानीकर्ताको आम्दानीको स्रोत पनि पत्ता लाग्ने हुदाँ गैरकानूनी रुपमा कमाएको पैसा शेयर बजारमा लगानी हुनबाट पनि रोक लाग्ने सीडीएससीको विश्वास छ ।

यो सिस्टम लागू भएपछि लगानीकर्ताले बारम्बार आफ्नो केवाईसी भर्नु नपर्ने बताइएकाे छ । एक पटक केवाईसी भरिसकेपछि लगानीकर्ताले एउटा आईडी नम्बर प्राप्त गर्छन् । पछि आफ्नो ब्रोकर परिवर्तन गर्नुपर्‍यो अथवा अन्य कामको लागि केवाईसी चाहिएको खण्डमा सोही केवाईसी आफ्नो आईडी नम्बर प्रयोग गरेर डाउनलोड गर्न सकिन्छ ।

शर्ट लिस्टमा परेका तीन कम्पनीमध्ये एकलाई छनाेट गरी सफ्टवेयर विकासकाे जिम्मा दिने र कम्तिमा ६ महिनाभित्र सफ्टवेयर लागू गर्ने याेजना रहेकाे सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले बताए ।

‘सफ्टवेयर विकास गर्न करिब तीन महिना जति लाग्ने अनुमान छ,’ उनले भने, ‘तयार भइसकेपछि सफ्टवेयर पूर्ण रुपमा लागु हुन थप तीन महिना लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय