jQuery(document).ready(function($){ //
});

दमक, १२ साउन । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्। चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

काठमाडौं किङ्स-११ ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अफ्रिदीले टोलीबाट इपीएल खेल्ने जानकारी गराएको छ। अन्तर्राष्ट्रिय खेलाडीको रुपमा काठमाडौंले अफ्रिदीलाई अनुबन्ध गरेको हो।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए। उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए।

अफ्रिदीले पहिलो पटक नेपालमा खेल्न आफू उत्साहित भएको बताएका छन्। ‘काठमाडौं मेरो पहिलो भ्रमण हुनेछ। म निकै उत्साहित छु,’ काठमाडौंले आयोजना गरेको कार्यक्रममा अफ्रिदीले अनलाइन भिडियोमार्फत भने।

अफ्रिदीले नेपाली क्रिकेटबारे जानकारी नरहेको समेत बताए। ‘इमान्दारीपूर्वक भन्नु पर्दा मलाई केही थाहा छैन। तर, मलाई थाहा छ मानिसहरु क्रिकेट मन पराउछन्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय