jQuery(document).ready(function($){ //
});

दमक, १४ साउन । भारतबाट अवैध रुपमा लुकाई ल्याएको १ लाख २४ हजार भारतीय रुपैयाँ सहित विराटनगर महानगरपालिका-१७ मटेरुवा चोकबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत जोगमुनी अहमदपुर-१६ बस्ने ३० वर्षीय मो.ईमरान र २० वर्षीय मो.कुबेर रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई २ हजार दरका ७ थान, ५ सय दरका १ सय ९४ थान, २ सय दरका ४७ थान र १ सय दरका ३६ थान गरी उक्त भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनीहरूलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय