jQuery(document).ready(function($){ //
});

दमक, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।

‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट एक नेताले भने ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सत्तारुढ गठबन्धनले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालसँग लगातार संवाद गरी सरकारमा आउन आग्रह गरिरहेका छन् ।

बिहीबार बिहान मात्रै प्रचण्ड माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । तर नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।
‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।

‘सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भयो । हामीले गठबन्धनका नेताहरुलाई भनिसकेका छौं’, अर्का नेता रघुजी पन्त भन्छन् । विश्वासको मत दिएपछि नेता नेपालले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । स्थायी कमिटी, विश्वासको मत दिने सांसदहरु, जनसंगठनका नेता लगायतसँग छलफल गरिसकेका नेता नेपालले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेका छन् ।

बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएको नेता बेदुराम भुसालले बताए ।

‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकताबद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए ।

छलफलका क्रममा अधिकांश सांसदले नेता नेपाललाई देउवा सरकारमा सहभागी हुन ठीक नहुने सुझाव दिएका थिए । तर पार्टी एकता वा विभाजनको निर्णयमा भने ढिलाइ नगर्न नेता नेपाललाई दबाव दिएका थिए ।

‘सांसदहरुको बैठकमा पनि हामीले एकता गर्नु राम्रो हुन्छ, तर धेरै अलमलमा बस्नु उचित हुन्न भनेका छौं । सरकारमा जान हतार नगरौं भन्ने पनि हो’, एक सांसले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय