jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन ।  मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ। 

भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन तथा बिक्री खुला अवधिको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अब सिन्धुपाल्चोकबासीले साउन मसान्तसम्म भोटेकोशीको आईपीओ भर्न पाउने भएका हुन्। 

मध्य भोटेकोशीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शेयर निष्काशन तथा बिक्री खुला अवधि साउन ३२ गतेसम्म कायम भएको जनाएको हो। 

तोकिएको समयावधिभित्र माग भए बमोजिमको शेर बिक्री हुने सम्भावना कम देखिएकाले १५ दिन समावधि थप गर्ने भोटेकोशी जलविद्युत कम्पनीको सञ्चालक समितिको साउन १४ गतेको बैठकले निर्णय गरेको क्यापिटलले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय