jQuery(document).ready(function($){ //
});

दमक, १६ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन्।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत नेता चयन गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए। यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।

यससँगै शेरबहादुर देउवाको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने पक्का भएको छ। जसपाले दलको नेता चयन गरेसँगै अब देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि पनि सजिलो भएको छ।

जसपाले दलको नेता चयन गरेसँगै उसको भागमा परेका मन्त्रालयमा पठाउने अनुहारको पनि टुंगो गर्नेछ। जसपालाई देउवा सरकारमा कम्तीमा चार मन्त्रालय मिल्दैछ। तर जसपाले ६ वटा चाहिने अडान राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय