jQuery(document).ready(function($){ //
});

दमक , १८ साउन । प्राडा. जागेश्वर गौतम वीर अस्पतालाको प्रमुख प्रशासकीय अधिकारीबाट हटाईएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै  डा गौतमलाई हटाएको बताइएको छ। उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको छ।

प्राडा. गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। उनलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

डा गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।  प्रहरीको कुटाइबाट ३ नर्ससहित ५ जना घाइते भएको भन्दै वीर अस्पतालमा आन्दोलन चलिरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय