jQuery(document).ready(function($){ //
});

दमक , १९ साउन । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जोन ग्याम्पर ट्रफीको फाइनल खेल नखेल्ने भएका छन् ।

अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण नगरी मैदान नफर्किने अडान लिएका कारण मेस्सीले युभेन्टसविरुद्धको खेल गुमाउने स्पेनिस मिडियाले बताएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आइतबार (अगस्ट ८) मा हुने यस समरको ट्रफी जोन ग्याम्परको उपाधि भिडन्तमा बार्सिलोनाले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ ।

यस खेलमा विश्वका दुई उत्कृष्ट फुटबलरद्वय मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइने अपेक्षा गरिएको थियो । तर मेस्सी यस खेलबाट मैदान फर्किने मनसायमा नरहेको बताइएको छ । तथापि, बार्सिलोनाले यस खेलअगाडि नै उनीसँग सम्झौता थप्ने योजना बनाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय