jQuery(document).ready(function($){ //
});

दमक , १९ साउन । सांसद प्रेम सु्वालले दार्चुलाको मालघाटस्थित महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली युवक जयसिंह धामी सवार तुइन काटिदिएको घटनामा उच्च तहबाटै कूटनीतिक पहल हुनुपर्ने माग गर्नुभएको छ ।  

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै सांसद सुवालले देउवा नेतृत्वको सरकार घटना मथ्थर बनाउने अभियानमा लागेको आरोप  लगाउनुभयो ।’

RAWA Hills Town Property

RAWA Hills Town Property

 दार्चुला घटनाबारे गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्नुहुँदै भारतीय एसएसपीले नेपालीले तुहिन तरिरहेको ठाउँमा आफुहरु पुगेको स्विकार गरिसकेको भन्दै दोषीमाथि कार्वाही गर्न सरकारले खट्टा कमाउन नहुने बताउनुभयो । 
भारतीय पक्षले पनि तुइन काटिएको मालघाटमा एसएसबी गस्तीका लागि पुगेको स्वीकारिसकेको अवस्था छ,सरकारले उच्चस्तरीय पहल  थाल्नुपर्छ सुवालको भनाई थियो ।उहाँले भन्न्ुभयो ‘नेपाली युवक सवार तुइन काटिएको स्थानमा एसएसबी गस्तीमा गएको कुरा भारतीय पक्षले स्वीकारेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली युवाहरु कल्याण सिंह र विक्रम रोङ्कालीका अुनसार गस्तीमा आएको एसएसबीले नै तुइन काटेको हो। यति हुँदा हुँदै सरकार किन मौन बसेको छ ?’ 

 सरकारले घटनालाई मत्थर बनाउन लागेको भन्दै सांसद सुवालले भन्नुभयो,‘यस घटनामा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर क्षतिपूर्ति भराउनुपर्छ, माफी मगाउनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय