jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।। अहिलेको सरकारले भुमिहिन किसानका लागि लालपुर्जा वितरणको तयारी भइरहदा भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ ।

एमालेले आयोग खारेज गरेर सरकारद्वारा लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै संघर्ष सुरु गरेको जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आजबाट सडक सङघर्ष शुरु गरेको एमालेको भातृ सङ्गठन युवा संघ र अखिल नेपाल किसान महासंघले आयोग खारेज गर्ने निर्णय तत्काल फिर्ता लिएर भुमिहिनलाई लालपुर्जा वितरण गर्न माग गरेको छ ।

आज देशभरका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र पठाएका छन् ।

मोरङमा पनि जिल्ला प्रशासन कार्यालयमा भेला भएका भुमिहिन, सुकुम्बासी सहित युवा संघ र अखिल नेपाल किसान महासंघ मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा लालपुर्जा पाउनै लागेका भुमिहिनहरुले संबैधानिक  अधिकार खोसिने गरी आयोग खारेज गर्ने निर्णय सच्याउन माग गरिएको छ । सरकारले निर्णय सच्याएर भुमिहिनलाई लालपुर्जा नदिए उनिहरुको अधिकार स्थापित गर्न परिचालित हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय