jQuery(document).ready(function($){ //
});

दमक , २४ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक आज सकिदै छ । जुलाइ २३ मा शुरु भएको खेलहरुको आज अन्तिमदिन हो ।

अन्तिम दिनसम्ममा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ३८ स्वर्ण, ३१ रजत र १८ काश्य जितेको छ । चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ काश्यसहित कुल १०८ पदक जितेको छ । तालिकको तेस्रो स्थानमा जापान रहेको छ । जापानले २७ स्वर्ण, १२ रजत र १७ काश्य गरि ५६ पदक जितेको छ ।

चौथो स्थानमा रहेको आरओसीले २० स्वर्ण, २६ रजत र २३ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको बेलायतले २० स्वर्ण २२१ रजत र २२ कांस्य रहेको छ। त्यसैगरि अष्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा नेदरल्याण्ड्स १० स्वर्ण, १२ रजत र १२ कांस्य सहित रहेको छ। जर्मनी र इटली १०(१० स्वर्ण सहित क्रमशः आठौँ र नवौँ स्थानमा रहेका छन्। दशौँ स्थानमा ९ स्वर्णसहित फ्रान्स रहेको छ।

कुल पदकमा अमेरिका १०८ पदक रहेको छ भने पहिलो स्थानमा रहेको चीनको कुल ८७ पदक रहेको छ। ओलम्पिक पदक तालिकामा स्वर्णका आधारमा स्थान छुट्टयाईन्छ । कुल पदकलाई मान्यता दिइनुपर्ने आवाजहरू पनि बेला-बेलामा उठिइरहेका छन्।

दुई स्वर्ण पदकले अग्रता लिएको चीनका लागि केहि खेलहरू बाँकी रहेको अवस्थामा पहिलो हुने तनाव रहिरहने छ। अमेरिकाले महिला बास्केटबल र भलिबलको फाइनल खेल्न बाँकी रहेको छ भने दुई अमेरिकी बक्सरको फाइनल खेल बाँकी रहेको छ।

त्यसैगरि चीनको पनि एक महिला बक्सिङ फाइनल खेल रहेको छ भने रिदमिक जिमन्यास्टिकको फाइनल पनि रहेको छ। म्याराथन र साईक्लिङका खेलहरू पनि बाँकी रहेका छन्।

यसरी समग्रमा हेर्दा पदक तालिकामा पहिलो स्थानको होडबाजी अन्तिम दिनसम्म रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय