jQuery(document).ready(function($){ //
});

दमक , २४ साउन ।  आज जोन ग्याम्पर ट्रफीको फाइनल खेल हुँदै छ । नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भिड्र्दै छन् ।

साविक विजेतासमेत रहेको बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा युभेन्टससँग खेल्न लागेको छ । यस खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै उपाधि जित्ने दाउमा हुनेछन् । बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । उसले ४३ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा युभेन्टस बार्सिलोनासँग पराजित भएको थियो । बार्सिलोनाले युभेन्टसलाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा युभेन्टले ३–० गोलको सहज जित निकालेको थियो ।

यस खेलमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी बार्सिलोनाको टिममा हुने छैनन् । बार्सिलोनासँग सम्झौता गर्न असफल भएपछि उनी हुने छैनन् । यता, पोर्चुगिज स्ट्राइकर रोनाल्डो भने बिदाबाट टोलीमा फर्किएर प्रशिक्षण गरिरहेका छन् । यस खेलको तयारीस्वरूप युभेन्टसको प्रशिक्षणमा फर्किएका उनले आजको खेल खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय