jQuery(document).ready(function($){ //
});

दमक , २६ साउन । 

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा खोलिएको ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा जफत गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सरकारले तेह्रथुममा मुख्य कार्यालय रहेको केपी शर्मा ओली ट्रस्टको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएकोले हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको छ ।

ट्रस्टकी अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य छन् । भूमि व्यवस्था मन्त्रालयको निर्देशन अनुसार मालपोत कार्यालय तेहथुमले हदबन्दीभन्दा बढी रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको हो ।

सरकारले ०७८ असार २१ को निर्णयबाट ६९ आना १० रोपनी १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको निर्णय गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पद्मा अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री हुँदा उक्त निर्णय गरिएको थियो ।

नेपालको कानुन अनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा खरिद गर्न पाइन्न । तर उद्योग तथा प्रतिष्ठानहरूले मन्त्रिपरिषद्बाट निर्णय गराएर हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउँछन् ।

ओली सरकारले मन्त्रिपरिषद्बाट निर्णय नगराई केपी शर्मा ओली ट्रस्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको थियो ।

उक्त ट्रस्टले १ सय ४३ रोपनी १४ आना १ पैसा जग्गा आफ्नो नाममा खरिद गरेको थियो । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गरेपछि ओली ट्रस्टको नाममा अब करिब ७४ रोपनी जग्गा बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय