jQuery(document).ready(function($){ //
});

दमक , २७ साउन ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेर बुधबार नियुक्तपत्र दिइएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

घिसिङले आज नियुक्तिपत्र बुझ्ने उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भूषालको सचिवालयले जनाएको छ।

गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङ जनस्तरमा निक्कै लोकप्रिय छन्।

माओवादी केन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो।

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय