jQuery(document).ready(function($){ //
});

दमक , २७ साउन । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परीक्षाको प्रवेशपत्र देखाएर विद्यार्थीले खोप लगाउन सक्ने निर्णय गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

विद्यार्थीलाई अष्ट्राजेनिका वा भेरोसेलमध्ये उपलब्ध कुनै एक खोपको पहिलो मात्रा दिन स्वास्थ्य मन्त्रालयले मातहतको निकायलाई निर्देशन दिएको छ।

अहिले त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा सञ्चालन गरिरहेको छ।

कोरोना संक्रमणको जोखिमकै कारण राष्ट्रिय परीक्षा बोर्डले ३१ साउनदेखि तोकिएको कक्षा १२ को परीक्षा भने स्थगित गरिसकेको छ।

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय