jQuery(document).ready(function($){ //
});

दमक , २९ साउन । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो । 

अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय