दमक , ३० साउन । आज (शनिबार) पनि देशका धेरै स्थानमा पानी पर्ने र यस क्रममा विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश नं १, २ र बागमती प्रदेशका थोरै र गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले बताए।






