jQuery(document).ready(function($){ //
});

दमक , ३० साउन । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने सचेत गराएको छ ।

शुक्रबार काउन्सिलले एक सूचना जारी गर्दै दर्ता भएर सञ्चालनमा आइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्तारमिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

काउन्सिलको हालै बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको जनाएको छ।

विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट काउन्सिलमा पटकपटक यस्ता उजुरीरगुनासाहरू आउने गरेको भन्दै अबदेखि यस्ता मिडिया दर्ता नहुने जनाएको हो।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय