jQuery(document).ready(function($){ //
});

दमक , ३ भदौ । साफ च्याम्पियन सिफ फुटबलको उद्घाटन खेलमै नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशले प्रतियोगिता आयोजना नगर्ने भएपछि आयोजकको दावेदारिता पेश गरे पनि नेपालमा प्रतियोगिता भने आयोजना हुन सकेन् ।

अन्ततः माल्दिभ्सले प्रतियोगिताको आयोजनाको जिम्मा पाएको थियो । बुधबार सार्वजनिक गरिएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्ने छ । मालेमा आयोजना हुने प्रतियोगित असोज १५ देखि शुरुहुने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसैगरी असोज २२ मा भारतसँग प्रतिस्पर्धा गर्ने नेपालले २४ गते बंगलादेशसँग खेल्ने छ । शीर्ष दुई टिमले २७ गते फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । साफ च्याम्पियनसिपमा यस पटक पाँच देशले सहभागिता जनाउँदै छन् । पाकिस्तान फुटबल प्रतिबन्धमा छ भने भुटानले कोरोना महामारीका कारण सहभागिता जनाउने छैन । नेपालसहित यो प्रतियोगितामा, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय