jQuery(document).ready(function($){ //
});

काठमाडौं ।नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराई र चर्चित गायिका मेलिना राईको आवाजमा “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो।

युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय पुनले अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी आशिष राईले गरेका हुन्। दुर्गा बान्तावा राई र मनोज राईको छायांकन,राजु कार्कीको एरेन्ज रहेको गीतको संगीत संगीकार दिलीप कोयी राईले गरेका हुन्। गीतकार राई लामो समयदेखि मकाउमा छन्। दक्षिणकाली फर्पिङ , काठमाडौं लगायतको रमणीय क्षेत्रमा छायांकन गरिएको उक्त गीतका गीतकार राईका अनुसार म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहेका नेपाली समुदायको विशेष माया, सद्भाव र ठुलो सहयोग रहेको बताउदै आफुलाई सहयोग गर्ने मकाउमा कार्यरत सहयोगी मानुभावहरु र मकाउमा गठीत विभिन्न संधसंस्थाहरुमा विशेष आभार प्रकट गरेका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय