jQuery(document).ready(function($){ //
});

दमक, ६ भदौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले मेरो शेयरमा पासवर्ड परिवर्तन गर्न सक्ने (फरगेट योर पासवर्ड) फिचर थप गरेको छ ।

सीडीएससीले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

फिचर थप गरेसँगै सर्वसाधारणले अब आफैं पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्।

उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ।

यस अघि भने पासवर्ड बिर्सिएमा सर्वसाधारणले निक्षेप सदस्य पासवर्ड परिवर्तन गर्न अनुरोध गर्नुपर्ने स्थिति रहेको थियो ।अब भने लगानीकर्ता यो झन्झटबाट मुक्त भएका छन् ।

कसरी गर्ने पासवर्ड परिवर्तन ?

यदि, कसैले मेरो सेयरको पासवर्ड बिर्सिएमा सबैभन्दा पहिले मेरोसेयरको स्क्रीनमा देखिने फरगेट पासवर्डमा क्लिक गर्नुपर्छ ।

उक्त फिचरमा क्लिक गरेपछि लगानीकर्ताले आफ्नो निक्षेप सदस्य (डिम्याट खाता खोलेको संस्था)नाम, आफ्नो युजर नेम, इमेल र जन्म मिति इन्ट्री गरी सेन्ड गुर्नपर्नेछ ।

त्यसपछि सिस्टमले पासवर्ड परिवर्तन भएको जानकारी र परिवर्तन भएको पासवर्ड इमेलमा पठाउँछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सीडीएससीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय