दमक, ६ भदौं । एभरेष्ट प्रिमियर लिगमा अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले खेल्ने भएका छन । शाहजादले यसअघि नै तय भएअनुसार चितवन टाइगर्सबाट खेल्न आउनेछन ।
विकेटकिपर ब्याट्सम्यान शाहजादले इपीएलका लागि खेल्न आउने पक्का भएको चितवनले जनाएको छ । अफगानिस्तानका लागि विस्फोट खेलाडी आउने पक्का भएपछि टिमको हौसला झन बढेको छ ।
अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएपछि इपीएल खेल्न आउन नपाएका शाहजादले एक सन्देशमा अघिल्लो बर्ष जहाँबाट टुंगिएको थियो, त्यहिबाट सुरु गर्ने बताएका छन ।
उनी काठमाडौंमा छक्काको बर्षा गर्न आतुर रहेको बताएका छन । आगामी असोज नौ देखि २३ सम्म हुने प्रतियोगितामा ६ टिमको सहभागिता हुनेछ ।






