jQuery(document).ready(function($){ //
});

दमक।भदौ ९।भोजराज घिमिरे ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ ।
बैठकको एजेण्डा महत्वपूर्ण भएकोले अनिवार्य उपस्थित हुनुपर्ने निर्देशनसहित बिहीबार ११ बजेका लागि दलको बैठकमा सहभागी हुन बोलाइएको एमालेका एक सांसदले जानकारी दिएका छन् । बिहीबार बस्ने एमाले संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने र बिहिबार नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि अल्पमतमा पर्ने देखिएसँगै प्रदेश १ को मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार परिवर्तनको कसरत एमालेबाटै सुरु भएको छ ।

स्रोतका अनुसार एमाले प्रदेश १ को संसदीय दलको बैठक भोली (बिहीबार)का लागि बोलाइएको छ । सोही बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीबाट पनि राजीनामा दिने तयारी गरेको बताइएको छ ।

शेरधन राईले राजीनामा दिएलगत्रै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र भोली नै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारीमा एमाले लागेको छ ।

एमालेले यस्तो तयारी गरेसँगै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि छलफल सुरु गरेको छ । एमालेले आफ्ना पक्षका सांसद लान सक्ने भन्दै उनीहरुले भित्री रुपमा १ महिने सरकारमा मन्त्री बन्ने लोभमा कोही पर्न नहुने भन्दै अभियान चलाएका छन् । ‘प्रदेश १ मा पनि लुम्बिनीमा जस्तै एक महिने सरकार बनाउने नाटक सुरु भएछ,’ समाजवादी पार्टीको पक्षमा रहेका एक प्रदेश सांसदले भने, ‘कसरी संख्या कसरी पुर्याउँछन् हामी हेर्दैछौं ।’

एमालेका ५१ सांसदमध्ये १२ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ । यद्यपि दोस्रो पुस्ता भनिएका नेताहरु एमालेमै रहने र ०७५ जेठ २ गतेकै अवस्थामा पार्टीका संगठनात्मक संरचना र नेतृत्व रहने निर्णय गरेपछि कतिपय सांसदहरुले एमाले छोड्ने मनस्थितिमा नपुगेको का छ्न
प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियालाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । स्रोतका अनुसार फौजदारी अभियोग लागेकी गुलेफुन मियालाई पनि संसदीय दलको बैठकमा सहभागी गराउने तयारी एमालेले समाजवादी पक्षका एक नेताले बताए ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिएपनि अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । संसदीय दलभित्रैबाट बहुमत नजिक पुगेकोले बिहीबार नै दलको बैठक बोलाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय