दमक।।भदौ १०। झापामा १० दिनका लागि लकडाउन थपिएको छ । शुक्रबार मध्यरातिदेखि भाद्र २० गतेसम्म लकडाउन थप गर्ने जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा जारी गरेका छन् ।
पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा:-
क. औषधि, अक्सिजन सिलिण्डर, स्वास्थ्य सामाग्री सम्बन्धी पसल, बिउ/बिजन, रसायनिक मलखाद, कुखुराको चल्ला,
दाना, पशुपंक्षिको आहार लगायतको कृषि सम्बन्धी पसल, पेट्रोल/डिजेल स्टेशन, LP Gas र मोटर वर्कसप निधि
संचालन गर्न पाईने ।
ख. खाद्यान्न, तरकारी, फलफुल, माछा / मासु, दुध डेरी पसल विहान ६:०० वजे देखि दिउसो २:०० वजे सम्म
संचालन गर्न पाइने।
ग. अन्य पसल व्यवसायहरु (पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स,
लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी/मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी,
फर्निचर) विहान १०:०० बजे देखि वेलुका ६:०० बजे सम्म सञ्चालन गर्न पाईने ।
घ. खाजाघर तथा मिठाई पसलहरु विहान ६:०० वजे देखि वेलुकी ६:०० वजे सम्म संचालन गर्न पाईने ।
ङ. रेष्टुरेण्ट विहान १०:०० देखि वेलुकी ६:०० सम्म संचालन गर्न पाइने ।
च. होटल/लज संचालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरि कुल क्षमताको ५०% (पचास
प्रतिशत) नबढ्ने गरी संचालन गर्न पाईने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण (Disinfection)
गर्ने।
छ. औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण
पालना गर्ने ।
ज. सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने
खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।
झ. माथि उल्लेखित पसल तथा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य
पालना गर्ने/गराउने, सो को नियमित अनुगमन सम्वन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय
प्रहरी ईकाईहरुले गर्ने ।








