दमक।।भदौ११।।
क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।
युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ।
रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा चलेता पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।






