jQuery(document).ready(function($){ //
});

।।दमक।।भदौ १६।।भोजराज घिमिरे ।।

विराट गोल्डकप फुटबल ट्रष्टले ४ महिना अगाडि भयेको गोल्डकप रात्री कालिन फुटबल प्रतियोगिता को आझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा गोल्डकपका संयोजक मनोज विक्रम शाहले प्रतियोगिताबाट आठ लाख २ हजार ३ सय ६२ रूपैयाँ मुनाफा भएको । संयोजक शाहले १ करोड ४७ लाख ७४ हजार रुपैया आम्दानी भएको जानकारी दिए । ९ दिनसम्म चलेको प्रतियोगितामा १ करोड ३९ लाख ७२ हजार रुपैया खर्च भएको उनले बताए ।
यसअघि गोल्डकपको सुरुआती आय ब्यय हिसाबमा १ करोड ६१ लाख रुपैया सुरुआती खर्च देखिएको थियो । संयोजक शाहका अनुसार सुरुको हिसाब हेर्ने क्रममा खर्च बढि देखिएसंगै पछि विभिन्न संस्थासंग रकम छुट माग्ने कार्य गरिदाँ अन्तिम हिसाब फाइदामा पुगेको प्रस्टाए ।
त्यसैगरि प्रतियोगितामा टिकटबाट ५९ लाख ७६ हजार रुपैया संकलन भएको । प्रदेश १ सरकारले ४० लाख रुपैया दिने जनाएर दिये ता पनि अन्तिममा १४ लाख ७७ हजारमात्र पायेको बताउँदै शाहले महानगरपालिकाले ११ लाख , राष्ट्रिय खेलकुद परिषदबाट ३ लाख ९४ हजार, मुख्य प्रायोजकबाट २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, ब्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको जानकारी दिए ।
त्यसैगरि, प्रतियोगितामा पुरस्कार खर्च ३५ लाख ११ हजार, खेलाडी टोली खर्चमा ३२ लाख ३४ हजार, प्रचारप्रसार तथा मिडियामा १५ लाख २५ हजार, ६ लाख ३६ हजार, मिडिया खर्च ८ लाख ८८ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ ९ लाख ९६ हजार, कार्यालय ब्यवस्थापनमा ९ लाख २८ हजार, मैदान मर्मतमा ४ लाख ८ हजार, रंगशाला मर्मत तथा खर्चमा ७ लाख, ३ लाख २६ हजार, रंगशाला खर्च भएको छ ।
कार्यक्रममा विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले कोरोना महामारीका बावजुद सबै दर्शकले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिता सभ्य र भव्य बनाइदिएकोमा आभार प्रकट गरेका थिए ।
गतवर्ष चैत्र २६ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलको टोली एपीएफले चुमेको थियो । बैशाख ४ गते सम्पन्न उपाधि भिडन्तमा भारतको पञ्जाब पुलिसलाई १ शुन्यले स्तब्ध बनाउँदै एपीएफले १५ लाख १५ हजार रुपैया र ट्रफी हात पारेको थियो। त्यसैगरि, पहिलोपटक नेपाली भूमिमा स्पर्धा गरेको भारतीय टोली पञ्जावले विराटनगरमा राम्रो छाप छोड्दै दोस्रोमा चित्त बुझाएको थियो ।
उपविजेतामा चित्त बुझाएको पञ्जाबले भने ७ लाख ५१ हजार नेपाली रुपैया हात पारेको थियो । त्यसैगरि, प्रतियोगितामा उत्कृष्ट एक खेलाडीलाई मोटरसाईकल, अन्य ७ उत्कृष्ठ विधामा ट्रफीसहित प्रत्येक खेलाडीलाई २५ हजार रुपैयाको पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको ९ वटा खेलका प्रत्येक एक प्लेयर अफ म्याचलाई १० हजार रुपैया प्रदान गरिएको थियो ।दिवारात्रीको समयमा सम्पन्न प्रतियोगितामा एपीएफ, पञ्जाव पुलिस, विराटनगर महानगरपालिका ११, संकटा क्लब, अफ्रिकन रुट्स एसोसिएशन, सिक्किम युनाइटेड भारत, युनाइटेड फुटबल क्लब भारत, गोर्खा ब्वाईज रुपन्देही, मच्छिन्द्र क्लब काठमाण्डौं, र नेपाल पुलिस क्लबको सहभागिता रहेको थियो। मनाङ मस्याङदी क्लबले प्रतियोगितामा सहभागिता गर्ने उल्लेख गरेपनि अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको आयोजक पक्षले जानकारी दिए ।मिडिया हरु ले पनि साथ सहयोग सुझाब दियेको मा सबै लाई धन्यवाद दिनुभयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय