jQuery(document).ready(function($){ //
});

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए। 

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय