jQuery(document).ready(function($){ //
});

।।दमक।।भाद्र २०।।

रोट्रयाक्ट क्लव अफ दमकले २०७८ भदाै १९ गते दमक ८ स्थित कात्यायनी इन होटलमा आफ्नो पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ ।
सन् २०१८ देखी दमकमा युवाहरू एकताबद्ध हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लवले चाैथो कार्यकालको विधिवत् प्रारम्भ गरेको छ ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँइको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा रोट्रयाक्टका विभिन्न कमिटिका पदाधिकारी, झापा जिल्लाका अन्य रोट्रयाक्ट क्लवका प्रतिनिधिहरूको सहभागिता थियो ।
विरोध सुवेदीको नृेतृत्वमा सुरू भएको रोट्रयाक्ट क्लवले सुदिप लिम्बु र दधिराम ढकालको नेतृत्व पायो र हाल महिला नेतृ सपना कन्दङ्गवाले लिएकी छिन् ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ दमकको अध्यक्ष सपना लिम्बुले ZRR विवेक श्रेष्ठबाट सपथ ग्रहण गरि, आफ्ना बोर्ड सदस्यहरूलाइ सपथ ग्रहण गराउनु भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय