नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् ।
२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् ।
काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए।
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन् ।
उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ।






