।।दमक। भदौ २५।।
आज पाडाजुङ्गी स्थित रोड स्टार बेन्क्वेटमा नेपाली काङ्ग्रेस कमल गाउँ कार्यसमितिले आयोजना गरेको कमल गाउपालिका भरिका वडाबाट हालसलै निर्वाचित क्षेत्रीय प्रतिनिधी साथै वडा सभापतिहरुको भेला सम्पन्न भएको छ जसमा तोपगाछी गा.वि.स हुँदाका बखतका गाउँ सभापति बुद्धीराज न्यौपानेले ने.का कमल गाउँपालिका कार्यसमितिको सभापतिका लागि उम्मेद्बारी पेश गर्नु भएको छ ।
ने.का मा मौलाएको गुटउपगुट राजनीतिले पुरै पार्टीको स्वाभिमानमा दखल पुर्याएको र गिरिजा बाबुको एकता , सहमती र सहकार्यका आदर्श धमिलो हुँदै गएको कारणले आफुले दाबेदारी पेश गरेको र भोलि आफु बिजय भएको अवस्थामा पुरै कमल गाउँपालिकामा काङ्ग्रेसको बर्चस्व कायम गरि नजिकिदै गरेको तिनै तहको निर्वाचनमा काङ्ग्रेसका उमेदवारलाई जिताउन पार्टीका सम्पुर्ण कार्यकर्तालाई कटिबद्ध भएर परिचालन गराउने जिकिर समेत गर्नुभएको छ तर आउदो स्थानीय निर्वाचनमा भने आफू गाउपालिका अध्यक्षको दाबेदारी भने नदिने र त्यस्को पहिलो अधिकार भने गत स्थानीय निर्वाचनमा गोला प्रथाबाट पराजित उमेदवार हुकुम सिंह राइकै रहेको भन्ने दाबी समेत गर्नु भयो ।






