jQuery(document).ready(function($){ //
});

।।दमक। भदौ २५।।
आज मिति २०७८/५/२५ गते स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय छनौट सम्बन्धी अन्तरक्रिया कार्यक्रम भद्रपुर शिक्षा शाखाको सभाहलमा सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्राप्त निमन्त्रणालाई स्वीकार गर्दै विषय छनौटको सुझावमा निम्न विषयलाई नेपाल केन्द्रित दृष्टिकोणबाट राखियो । कतिपय विषयहरु साझा रहे भने कतिपय सुझावहरुमा विभिन्न वक्ताहरूबाट आएका उचित विषयलाई सामूहिक समर्थन वा त्यसैलाइ पुष्टि गर्ने कार्य गरियो ।

उक्त आयोजित सभामा मौलिक जरोकिलो पार्टीका प्रदेश नं १ अध्यक्ष इन्द्र प्रसाद ओलीको समेत उपस्थिति रहेको थियो र उहाले नेपाल केन्द्रित दृष्टिकोणबाट राखिएका केही मौलिक सुझावहरू समेत प्रस्टाउनु भएको थियो, ति बुदाहरु निम्न रुपमा उल्लेख गरिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

(१) विज्ञानको बुद्धि , प्रविधिको प्रगति , धर्मको विवेक र सहृदयताको सम्बन्ध, यी चारवटा आधरशिला चतुष्टयलाई आत्मसात गर्दै मौलिक शिक्षा प्रणालीलाई अबलम्बन गर्नु पर्ने ।

(२) प्रयोगात्मक र ब्यबहारिक कार्यान्वयन गर्न सकिने प्राविधिक कुरालाई विशेष जोड दिनु पर्ने ।

(३) स्थानीय क्षेत्रका ऐतिहासिक , सांस्कृतिक सम्पदाहरु , भाषा लिपि , भेषभुषा , पर्यटकीय र धार्मिकस्थल आदिको बारेमा पूर्ण जानकारी समेटिनु पर्ने ।

(४) कक्षा दुई ,तीन, छ र बाह्रका लागि भएको हुँदा कक्षा ६ सम्म सुर्तीजन्य पदार्थ , जंकफुड्स , नैतिक आचरण आदि समेट्ने र त्यसमाथिका कक्षाहरूमा पाठको स्तर बढाइ लागू औषध दुर्व्यसनको असर , परिणाम आदि समेटिनु पर्ने ।
(५) जातीय विभेद , छुवाछुत , हिंसा जस्ता आपराधिक कृयाकलापका बारेमा उच्च प्राथामिकताकासाथ पुस्तकमा समेटिनु पर्ने ।
(६) स्थानीय क्षेत्रको कृषि , मुख्य बालिनाली , समाज विकास , वातावरण , स्थानीय मौलिक चाडपर्व आदि विषय समेटिनु पर्ने ।

(७) मौलिक धर्म, संस्कार, संस्कृति र सभ्यता लगायतका विषयवस्तुहरूमा प्रचुर जानकारी प्रदान गर्न सक्ने पाठ्यसामाग्री समावेश गर्नुपर्ने ।

यी र यस्तै बिषयहरु सुझावको रुपमा राख्दै आवश्यताको महसुस भएमा आफूले उठाएका विषयमा केही थप सहयोग वा पाठ्यपुस्तक लेखनमा समेत सहयोग पुर्‍याउने वचनवद्धता समेत ओलीले जनाउनु भयो ।

उक्त कार्यक्रमको सहजीकरण पाठ्यक्रम विकास केन्द्र भक्तपुरका बद्रीनाथ तिम्सिना र शिक्षाविद् अशोक कालाखेतीले गर्नु भएको थियो । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेलले स्वागत मनतब्य तथा योगेन्द्र पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो।


साथै ओलीले भद्रपुर नगरपालिका तथा नगर शिक्षा समिति प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सहभागी सबै प्रति हार्दिक नमन समेत प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय